Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • महालेखापरीक्षकमा रायलाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय

    महालेखापरीक्षकमा रायलाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 270
    SHARES

    काठमाडौं । संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायलाई सिफारिस गरेको छ ।

    आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।



    उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको छ ।



    हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् ।

    गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बैठक बस्नका लागि छलफल समेत गरेका थिए ।

    संवैधानिक परिषद्‍मा प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार