Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संघीय संसदका नवनियुक्त दुई सचिवको शपथ आज

    संघीय संसदका नवनियुक्त दुई सचिवको शपथ आज

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 396
    SHARES

    काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका दुई जना सचिवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

    सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बीचमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।



    सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०ः १५ बजे उक्त शपथ समारोह कृषि समितिको हल, सिंहदरबारमा हुनेछ ।



    प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त गत बैशाख २१ गते नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार