Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वामदेवको प्रस्ताव- संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौँ

    वामदेवको प्रस्ताव- संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौँ

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 504
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रबन्ध गर्न प्रस्ताव गरेका छन् ।

    सोमबार राष्ट्रियसभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उनले यस्तो धारणा राखेका हुन् ।



    उनले शासकीय प्रणाली र निर्वाचन प्रणालीमा सुधार नगर्दासम्म कुनै पनि परिवर्तन हुन नसक्ने बताए ।



    उनले राम्रा योजना, नीति तथा कार्यक्रम र बजेट तय भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा नागरिकले अपेक्षित प्रतिफल पाउन नसकेकाले आगामी आर्थिक वर्षको बजेटमा यो पक्षलाई विशेष ख्याल गनुपर्नेमा जोड दिए ।

    आर्थिक वर्ष २०८० का सिद्धान्त र प्राथमिकता सम्बन्धमा सरकारले प्रस्तुत गरेका विषयमा उनले समर्थन जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार