Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउको विरोधमा चर्कियो प्रदर्शन, प्रहरी र प्रदर्शनकारी आमनेसामने

    पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउको विरोधमा चर्कियो प्रदर्शन, प्रहरी र प्रदर्शनकारी आमनेसामने

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 465
    SHARES

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेसँगै प्रदर्शन चर्किएको छ ।

    खानको गिरफ्तारीको विरोधमा प्रदर्शन गरिरहेका पीटीआईका कार्यकर्ताहरूले रावलपिँडीस्थित सेनाको मुख्यालय बाहिर पुगेर तोडफोड गरेका हुन् ।



    अदालत परिसरबाट खानलाई पक्राउ गरेपछि लाहोरको सडकमा पनि प्रदर्शनकारीहरु जम्मा भएर प्रदर्शन गरिरहेको बताइएको छ ।



    त्यस्तै खानको घर अवस्थित जमान पार्कमा प्रहरी र प्रदर्शनकारी आमनेसामने हुँदा प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरिरहेको छ । इस्लामावाद प्रहरीले खानलाई अदालत परिसरबाटै आज पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार