Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चुनावमा जनादेश लुटिएको भन्दै इमरान खानको पार्टीद्धारा आन्दोलनको तयारी

    चुनावमा जनादेश लुटिएको भन्दै इमरान खानको पार्टीद्धारा आन्दोलनको तयारी

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 534
    SHARES

    एजेन्सी । पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)ले चुनावमा जनादेश लुट्ने प्रयास भएको भन्दै आन्दोलन सुरु गरेको छ ।

    पीटीआई ले चुनाव जितेको दाबी गर्दै देशका धेरै भागमा विरोध प्रदर्शनको घोषणा गरेको हो । पार्टीले चुनावमा पाएको जनादेश लुट्ने प्रयास भइरहेको आरोप लगाएको छ ।



    पार्टीले लाहोर, फैसलाबाद, रावलपिंडी, मुल्तान, बहावलपुर, डेरा गाजी खान र गुजरनवालामा कार्यकर्ताहरूलाई प्रदर्शन गर्न आग्रह गरेको छ।



    अहिलेसम्मको नतिजामा पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी सिट जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार