Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १२ मुद्दामा जमानत

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १२ मुद्दामा जमानत

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 759
    SHARES

    इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिण्डीको आतंकवादविरोधी अदालतले मे ९ मा भएको दंगासँग सम्बन्धित १२ मुद्दामा जमानत दिएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

    खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई १३ मुद्दामा जमानत दिइएको छ । खानलाई पाकिस्तानी सेनाको मुख्यालय र आर्मी संग्रहालय आक्रमणका साथैे सबै १२ मुद्दामा एक लाख पाकिस्तानी रुपैयाँमा जमानत दिइएको छ ।



    एटीसी न्यायाधीश मलिक एजाज आसिफले जमानतको आवेदनमाथि सुनुवाइ गरेका थिए । अदालतले पीटीआईका संस्थापकलाई हिरासतमा राख्नुको कुनै औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै संदिग्धलाई जमानत दिइएको फैसला सुनाएको छ ।



    खान र कुरेशीलाई फेब्रुअरी ६ मा अभियोग लगाइएको थियो । द एक्सप्रेस ट्रिब्युनका अनुसार, यी दुवैलाई अदालतमा पेस गरिएको थियो । पूर्वप्रधानमन्त्रीलाई मे ९ मा इस्लामावाद उच्च न्यायालय (आईएचसी) परिसरबाट गिरफ्तार गरिएको थियो ।

    भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि गत मे ९ मा देशभर भड्किएको दंगासँग सम्बन्धित थुप्रै मुद्दामा इमरानविरुद्ध मुद्दा दायर गरिएको थियो । रावलपिण्डीमा दर्ता भएका उजुरीहरूमा जनरल हेडक्वार्टर (जीएचक्यू)को गेटमा आक्रमण, संवेदनशील संस्थाको कार्यालयमा दंगा र अरू घटना समावेश छन् ।

    उनले मुद्दाको पहिलो सूचना रिपोर्ट (एफआइआर) मा समावेश गरिएका दाबरूलाई अस्वीकार गरेका छन् । द एक्सप्रेस ट्रिब्युनका अनुसार, अडियाला जेलबाट रिहा भएपछि पीटीआईका नेता शाह महमुद कुरेशीलाई पञ्जाब प्रहरीले जीएचक्यूमा भएको आक्रमणको आरोपमा पक्राउ गरेको थियो ।

    गत वर्षको मे ९ मा भएको हिंसाको अनुसन्धान गरिरहेको उच्चस्तरीय संयुक्त अनुसन्धान टोली ९जेआईटी०ले सोही जुलाईमा पूर्वप्रधानमन्त्री खानलाई जीएचक्यूमा भएको आक्रमणसहित दुई आतंकवादी मुद्दामा नामित गर्ने निर्णय गरेको थियो । पीटीआई प्रमुखलाई हिंसाको योजना बनाएको र उक्साएको आरोप लगाइएको थियो ।

    पाकिस्तानमा फेब्रुअरी ८ मा भएको आमनिर्वाचनको परिणाम निकै प्रतीक्षित रहेका बेला इमरान खानलाई जमानत दिइएको हो ।

    बिहीबार भएको निर्वाचनको मतगणना जारी छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । तर, प्रायः पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) द्वारा समर्थित स्वतन्त्र उमेदवारहरूभन्दा पछाडि छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार