Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पाकिस्तानी पूर्व प्रधानमन्त्री खानको भ्रष्टाचारविरूद्धको मुद्दा रोक्का

    पाकिस्तानी पूर्व प्रधानमन्त्री खानको भ्रष्टाचारविरूद्धको मुद्दा रोक्का

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 462
    SHARES

    एजेन्सी । पाकिस्तानको उच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानविरूद्ध भ्रष्टाचारको आरोपमा भएको जेल सजायलाई सोमबार रोकिदिएको छ ।

    अदालतले यसै सम्बन्धमा पूर्वप्रधानमन्त्री खानकी पत्नीको मुद्दालाई पनि रोकिदिएको छ ।



    पूर्व क्रिकेटर ७१ वर्षीय खानले यो बाहेक राजद्रोह र अवैध विवाहसम्बन्धी अन्य दुई मुद्दामा सुनाइएको एक दशक लामो जेल सजाय कायम रहेकोले उनी जेलमुक्त भने हुने छैनन् ।



    खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ता अहमद जान्जुआले इस्लामाबाद उच्च अदालतले पूर्व क्रिकेट स्टारलाई राज्यको उपहार बेचेको आरोपमा सुनाइएको भ्रष्टाचारको आरोपलाई रोकिदिएको पुष्टि गरे ।

    उहाँका अनुसार जिल्ला अदालतले ‘सीमित वकिलको पहुँच दिएको छ तर प्रतिरक्षा पक्षलाई बहस टुङ्ग्याउन नदिई हतारमा निर्णय लिएको छ ।

    पाकिस्तानमा फेब्रुअरीमा भएको आम निर्वाचनको केही दिनअघि खानलाई तीन वटा सजाय सुनाइएको थियो । विश्लेषकहरूले पूर्वप्रधानमन्त्री र उहाँको पार्टी पिटिआईलाई राजनीतिक प्रतिशोधका कारण चुनावमा सहभागी हुनबाट रोक्ने उद्देश्यले मुद्दा परेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार