Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश

    पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 843
    SHARES

    काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ ।

    अदालतले पूर्वप्रधानमन्त्री खानलाई अवैध तरिकाले पक्राउ गरेको भन्दै उहाँलाई रिहा गर्न आदेश दिएको हो ।



    सर्वोच्च अदालतले इमरान खानलाई इस्लामाबाद उच्च अदालतमा जान र उच्च अदालतल गरेको फैसला स्वीकार गर्नुपर्ने बताएको छ ।



    भ्रष्टाचारसँग जोडिएको एक मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई अदालतले मङ्गलवार उहाँलाई अदालत परिसरबाट पक्राउ गरेको थियो ।

    खानका वकिलले अवैध तरिकाले पक्राउ गरेको भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विरोध प्रदर्शन र हिंसात्मक झडपको शृंखला सुरु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार