Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 384
    SHARES

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा भएका छन् ।

    मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार भएका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई)प्रमुख खान बिहीबार रिहा भएका हुन्।



    बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा तीन न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश जारी गरेको हो ।



    प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको उक्त इजलासले उनको गिरफ्तारीलाई अमान्य र कानुनसम्मत नभएको बताएको छ ।

    आदेशमा शुक्रबार खान उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्नसमेत आदेश दिएको छ ।

    उनलाई शुक्रबार ११ बजे अदालतमा उपस्थित हुन भनिएको छ । उनी पक्राउ परेपछि पाकिस्तानका विभिन्न सहरहरूमा प्रदर्शन चर्किएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार