Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बालेनलाई घुमाउरो शैलीमा बाबुरामले फर्काए जवाफ – केही आँप कुहिए भन्दैमा सबै आँप नफालौँ

    बालेनलाई घुमाउरो शैलीमा बाबुरामले फर्काए जवाफ – केही आँप कुहिए भन्दैमा सबै आँप नफालौँ

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 687
    SHARES

    काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहलाई घुमाउरो शैलीमा जवाफ फर्काएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमा अध्यक्ष डा. भट्टराईलाई लक्षित गर्दै घुमाउरो शैलीमा स्टाटस लेखेपछि उनले पनि घुमाउरो शैलीमा जवाफ फर्काएका हुन् ।

    मेयर बालेनले शनिबार गरिएको भ्रष्टाचारविरोधी आन्दोलनप्रति असन्तुष्टि जनाउँदै यस्तो सडक नाटक धेरैपटक देखिएको बताएका थिए । जसमा प्रदर्शनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईलगायत सांसदहरू पनि सहभागी भएका थिए ।



    उक्त आन्दोललाई मेयर बालेनले यस्तो सडक नाटक धेरैपटक देखिएको भन्दै प्रदर्शनकारी र नेताहरूविरुद्ध तीखो टिप्पणी गरेका थिए । अध्यक्ष डा. भट्टराईले केही आँप कुहिए भन्दैमा सबै आँप नफालौं भन्दै जवाफ फर्काए ।



    भट्टराईले गणतन्त्रका संस्थापकहरूलाई सोलोडोलो रूपमा नसराप्न आग्रह गर्दै क्रान्तिकालमा आफ्नो टाउकोको मूल्य तोकिएको प्रसंग जोड्दै त्यससम्बन्धी पत्रिकामा छापिएको सूचना पनि सार्वजनिक गरेका छन् । उनले प्रतिगामी हल्लाको पछि नलाग्न आग्रह गर्दै नेतालाई गाली गर्दा न्याउरी मारी पछुतो हुने कुरा उल्लेख गरेका छन् ।

    डा.भट्टराईले भनेका छन्– ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका संस्थापकहरू सबैलाई सोलोडोलो सराप्ने प्रवृत्तिबाट बचौँ । लोकतन्त्र विना भ्रष्टाचारमुक्त समृद्ध समाज कतै बनेको छैन भन्ने बुझौँ ।

    क्रान्तिकालमा कसरी गणतन्त्रका निम्ति लड्नेहरूको टाउकाको मूल्य तोकिएको थियो र शान्ति कालमा उनीहरूको कसरी मिडियामार्फत चरित्रहत्या हुँदा अदालतबाट उनीहरूले मानहानीको मुद्दा जितेका थिए भन्ने सम्झौँ । सत्य तथ्य बुझौँ, प्रतिगामी हल्लाको पछि नलागौँ । न्याउरी मारी पछुतो होला ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार