Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • बुढानीलकण्ठ कार दुर्घटना : लापरबाहीपूर्वक कार चलाएको भन्दै पृथ्वी मल्ललाई ४ वर्ष कैद सजाय

    बुढानीलकण्ठ कार दुर्घटना : लापरबाहीपूर्वक कार चलाएको भन्दै पृथ्वी मल्ललाई ४ वर्ष कैद सजाय

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 606
    SHARES

    काठमाडौं । सवारी ज्यान मुद्दामा पृथ्वी मल्ललाई उच्च अदालत पाटनले ४ वर्ष कैद सजाय सुनाएको छ ।

    आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदिश घिमिरेको संयुक्त इजलासले मल्ललाई ४ वर्ष कैद र ४० हजार जरिवानाको सजाय सुनाएको हो ।



    तीन वर्षअघि पृथ्वी मल्लले मदिरा सेवन गरेर चलाएको कारको ठक्करबाट बुढानिलकण्ठमा मर्निङवाकमा निस्किएकी लीला देवकोटाको मृत्यु भएको थियो ।



    मादक पदार्थ सेवन गरेका र कार चलाउने लाइसेन्स पनि नभएका मल्लले अनियन्त्रित तवरले तीव्र गतिमा चलाएको कारले बूढानीलकण्ठ–५ स्थित फुटपाथमा हिँडिरहेकी देवकोटालाई ठक्कर दिएको थियो ।

    जिल्ला अदालत काठमाडौंले पृथ्वीलाई दोषी ठहर गरेपनि ६ महिना कैद र एक हजार रुपैयाँमात्रै जरिवाना गरेको थियो । फैसलामा कम कैद र जरिवाना भएको भन्दै सरकारी वकिल कार्यालय उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

    दुर्घटनापछि पक्राउ परेका मल्ललाई थुनछेकका क्रममा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

    सर्वोच्च अदालतले ‘गम्भीर मानसिक रोग लागेको र दमको बिरामी’ भन्दै बुढानिलकण्ठ ‘हिट एन्ड रन’ मुद्दाका अभियुक्त मल्ललाई पाँच लाख रूपैयाँ धरौटीमा थुनामुक्त गरेको थियो ।

    मल्लले लापरबाहीपूर्वक चलाएको कारले २०७६ मंसिर २८ गते बिहान १० बजे ठक्कर दिँदा देवकोटाको घटनास्थलमै मृत्यु भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार