Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुकुम पश्चिम जिप दुर्घटना अपडेट : २२ दिने शिशुसहित ५ जनाको मृत्यु

    रुकुम पश्चिम जिप दुर्घटना अपडेट : २२ दिने शिशुसहित ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 831
    SHARES

    रुकुम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

    २२ दिनकी सुत्केरी उनका नवजात शिशुसहित ५ जनाको मृत्यु भएको हो । सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो ।



    जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम प्रहरीले जनाएको छ।



    घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार