Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज जवाफ दिने

    प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज जवाफ दिने

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 705
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो । शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो ।

    आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षले पशुपतिनाथ मन्दिरको गजुरका विषयमा आधारहीन आरोप लगाएको भन्दै नेकपा एमाले सांसदले बेल घेरेका थिए ।



    सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगन गरेका थिए । तर सहमति हुन नसकेपछि बैठक शनिबार अपराह्न ४ बजे बस्नेगरी बोलाइएको हो । विभिन्न चरणको सर्वदलीय बैठकसँगै बैठक पुनः साँझ ६ बजेका लागि बोलाइएको थियो ।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार