Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रतिनिधिसभा बैठकमा आज आर्थिक सर्वेक्षण पेस गरिँदै

    प्रतिनिधिसभा बैठकमा आज आर्थिक सर्वेक्षण पेस गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 681
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज आर्थिक सर्वेक्षण पेस हुने भएको छ । संसद् भवन, बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस हुने भएको हो ।

    संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा आजको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस गर्ने उल्लेख छ ।



    सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नुपर्‍योजस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ ।



    सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार