Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आन्दोलनहरूले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै ल्याएन : सभामुख घिमिरे

    आन्दोलनहरूले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै ल्याएन : सभामुख घिमिरे

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 405
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले गणतन्त्रले ल्याएका परिवर्तनलाई नागरिकको जीवनपद्धतिमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

    गणतन्त्र दिवस– २०८० को अवसरमा शुभकामना दिँदै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा परिवर्तन नभएको आम अनुभूति रहेको बताए ।



    ‘हाम्रा आन्दोलनहरूले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै परिवर्तन नभएको आम अनुभूति छ।’ सन्देशमार्फत सभामुख घिमिरेले भनेका छन्,‘नागरिकका विकासका चाहनाहरू, समृद्धिका अपेक्षाहरू र सेवा प्रवाहका लागि अपेक्षित सहजताहरू प्रदान गर्न अझै प्रयत्न गर्नुपर्ने आवश्यकता देखिएको छ भने सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न उत्तिकै बलशाली हुँदै गएको छ। ’



    उनले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार