Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • बजेट भाषण

    जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको घोषणा

    जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

    आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट फुकुवा गर्ने घोषणा गरेका हुन् ।



    यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको अर्थमन्त्री महतले बताए ।



    घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।

    आगामी आर्थिक वर्ष एक सय १० स्थानीय तहमा २५ हजार भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने बजेटमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार