Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यसवर्ष सरकारले बढाएन वृद्धभत्ता, ४ हजार नै निरन्तर

    यसवर्ष सरकारले बढाएन वृद्धभत्ता, ४ हजार नै निरन्तर

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले यसवर्ष सामाजिक सुरक्षा भत्ता यथावत् राखेको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको जानकारी गराएका हुन् ।

    वृद्धवृद्धाले पाउँदै आएको ४ हजार निरन्तर रहने पाउने भएका छन् । तर, ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिएको अर्थमन्त्री महतको भनाइ छ।



    सरकारले बजेट भाषणमार्फत ज्येष्ठ नागरिकको सुरक्षा र हक अधिकारको रक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।



    अर्थमन्त्री डा प्रकाशशरण महतले  गत वर्षको भन्दा २३ अर्व बढी रकम यो शीर्षकमा छुट्ट्याइएको बताए । ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिँइदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ ।

    छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार