Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भारतको नक्सामा नेपालका स्थान समावेश गर्नु आपत्तिजनक, प्रमले स्वीकार्न सकिँदैन भन्नैपर्छ : बाँस्कोटा

    भारतको नक्सामा नेपालका स्थान समावेश गर्नु आपत्तिजनक, प्रमले स्वीकार्न सकिँदैन भन्नैपर्छ : बाँस्कोटा

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 495
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले भारतको नयाँ संसद् भवनमा राखिएको र सांस्कृतिक भनेर प्रचार गरिएको नक्सामा नेपालका ऐतिहासिक स्थान समावेश गर्नु आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

    मंगलवार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले प्रधानमन्त्रीको भारत भ्रमणमा यो स्वीकार्न सक्दैन भन्नुपर्ने बताए ।



    ‘भारतको नयाँ संसद् भवनमा राखिएको र सांस्कृतिक भनेर प्रचार गरिएको नक्शामा नेपालका ऐतिहासिक स्थान समावेश गर्नु आपत्तिजनक कुरा हो । हामीले विशाल नेपालका त्यस्तै स्थान समेटेर उस्तै कार्य गरे भारतको प्रतिक्रिया कस्तो हुन्थ्यो होला ? प्रमको भारत भ्रमणमा नेपालले यो स्वीकार्न सक्दैन भन्नैपर्छ,’ उनले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार