Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गोकुल बास्कोटाको व्यंग्य – ‘वाह! क्या चेन्ज आएछ, हिजो हिजो रातै रातो, आज गेंरूरंग

    गोकुल बास्कोटाको व्यंग्य – ‘वाह! क्या चेन्ज आएछ, हिजो हिजो रातै रातो, आज गेंरूरंग

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इंगित गर्दै महाकालेश्वर मन्दिरमा पूजा गरेको विषयलाई लिएर व्यंय गरेका छन् ।

    चार दिने भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले शुक्रबार मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेपछि एमाले नेता बास्कोटाले व्यंय गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र धारणा गरी उनी मन्दिरमा पूजा गर्न पुगेपछि बास्कोटाले क्या चेन्ज आएछ भन्दै कटाक्ष गरे ।



    प्रधानमन्त्री प्रचण्डले त्यहाँ पूजा गर्नुका साथै नेपालबाट लगिएको १०८ किलो रुद्राक्ष र ५१ हजार भारतीय रुपैयाँ चढाएर निधारमा टीकासमेत लगाएका थिए ।

    उनले व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘वाह! क्या चेन्ज आएछ। हिजो हिजो रातै रातो, आज गेंरूरंग । प्रभुको ईच्छा वा पूर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोध? समयले थप बताउँला ।’

    औपचारिक भारत भ्रमणमा रहेका कम्युनिस्ट नेता प्रचण्डले यसरी गेरुवस्त्र धारणा गरेको पनि पहिलोपटक सार्वजनिक भएको छ ।

    प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजालले पनि पूजाअर्चना गरेका छन् । बिहीबार भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता र प्रतिधिमण्डलस्तरमा वार्ता गरेका उनी शुक्रबार उज्जैन पुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार