Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेले भन्यो – नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक, संसद्‍को अपमान भयो

    एमालेले भन्यो – नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक, संसद्‍को अपमान भयो

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 774
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण संसद्को अपमान भएको निष्र्कष निकालेको छ ।

    शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निष्र्कष निकालेको हो । यही जेठ १७ गते राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।



    बैठकले नागरिकता विधेयक मन्त्रिपरिषदबाट लगेर पास गर्नु नेपालको संविधान, प्रचलित कानुन एवम् स्थापित संसदीय मान्यताको विपरीत भएको ठहर गरेको छ ।



    पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अघिल्लो संसद्ले पारित गरी प्रमाणीकरण गर्नका लागि पठाएको संवैधानिक समय सीमाभित्र प्रमाणीकरण नभएपछि निष्क्रिय अवस्थामा रहेको विधेयकलाई ताजा चुनाव भएर नयाँ प्रतिनिधि सभा गठन भइसकेको समयमा अहिले प्रतिनिधि सभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा मन्त्रिपरिषद्ले विधेयक प्रमाणीकरणको सिफारिस गर्ने र राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसद्को अपमान भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार