Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिकता विधेयक प्रमाणीकरण : राष्ट्रपतिको कदमविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

    नागरिकता विधेयक प्रमाणीकरण : राष्ट्रपतिको कदमविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 732
    SHARES

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ ।

    वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबार दर्ता गराएको रिटमा आज पेसी तोकिएको हो ।



    रिटमा अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ ।



    विधेयकमा रहेका प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश समेत माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार