Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

    नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 876
    SHARES

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ ।

    वरिष्ठ अधिवक्ताद्वय डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबार दर्ता गराएको रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाईका लागि पेसी तोकिएको हो ।



    राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने क्रममा उदृत गरेका संविधानका प्रावधानहरु विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको, गलत संवैधानिक प्रावधान उदृत गरेर संवैधानिक प्रावधानमाथि प्रहार भएको भन्दै रिट निवेदनमा प्रमाणिकरण गरेको विधेयक तत्काल कार्यान्वयन नगर्नु भनी रोक लगाउन माग गरिएको छ ।



    वरिष्ठ अधिवक्ताद्वय भण्डारी र न्यौपानेले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् ।

    राष्ट्रपतिबाट अघिल्लो संसदबाट पारित भएको विधेयक अहिले प्रमाणीकरण गर्नु असंवैधानिक रहेको दाबी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार