Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • संसदमा गोकुल बाँस्कोटाको प्रश्न – राष्ट्रपतिलाई बडामहाराजाधिराज बनाएको हो ?

    संसदमा गोकुल बाँस्कोटाको प्रश्न – राष्ट्रपतिलाई बडामहाराजाधिराज बनाएको हो ?

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले भारत भ्रमणको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमाको विषय गिजोलेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बाँस्कोटाले यस्तो बताएका हुन् ।



    उनले भने, ‘बुद्धिजीवी देखाएर बंगलादेश मोडेलजस्तो गर्न खोजेजस्तो देखियो । तपाईंले भन्नुभयो बंगलादेश मोडलमा कुराकानी भएको छ । बंगलादेश कुनै बेला अग्रेजसँग विभाजन हुँदा भारतकै थियो । तर, नेपाल छुट्टै राज्य हो भारतभन्दा पहिला यो हेक्का हुनुपर्छ । कालापानीबाट सेना हटाउनुपर्छ भन्ने विश्वास थियो तर यसलाई गिजोल्ने काम भएको छ ।’



    सांसद बाँस्कोटाले प्रधानमन्त्री कला प्रदर्शन गर्न माहिर रहेको भन्दै व्यंग्य गरे ।

    सांसद बाँस्कोटाले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा टिप्पणी गर्दै राष्ट्रपतिलाई बडामहाराजधिराज बनाएको हो ? भन्दै प्रश्नसमेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार