Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एसएसपी पालमाथि यौन दुर्व्यवहारको आरोप, छानबिन समिति गठन

    एसएसपी पालमाथि यौन दुर्व्यवहारको आरोप, छानबिन समिति गठन

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । महेन्द्रनगरस्थित नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी योगबहादुर पालमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

    आफ्नै कार्यालयमा कार्यरत सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी पालमाथि आन्तरिक छानबिन समेत सुरु भइसकेको छ।



    पटक पटक विवादमा आइरहने एसएसपी पालमाथि सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।



    एसएसपी पालले गुड फ्राइडे मनाउन आग्रह गरेको पीडित महिला हवल्दारको दाबी छ । पीडितले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना बाहिर आएको हो ।

    प्रदेश प्रहरी कार्यालयले पालभन्दा तल्लो दर्जाका एसपीको नेतृत्वमा छानबिन समिति बनाएर घटनालाई सामसुम पार्न खोजेको आरोप लागाएकी छन् ।

    प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेको छ । प्रहरी हेडक्वाटरले पालमाथि थप बुझ्न काठमाडौं बोलाएको स्रोतको दाबी छ । यसअघि पाल सोलुखुम्बुको इन्चार्ज भएको बेलामा पनि यौन दुव्यर्वहारसम्बन्धी आरोप लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार