Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शेयर बजार सामान्य बढ्यो, २ अर्ब ३६ करोडको कारोबार

    शेयर बजार सामान्य बढ्यो, २ अर्ब ३६ करोडको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 696
    SHARES

    काठमाडौं । बुधबार शेयर बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.६८ अंकले बढेर १९५० अंकमा पुगेको छ ।

    आज व्यापार समूहको शेयर उच्च अंकले बढेको छ । आज कारोबार रकम पनि बढेको छ ।



    २६१ वटा कम्पनीका ६५ लाख ६१ हजार कित्ता शेयर दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् ।



    सबैभन्दा धेरै सोल्टी होटलको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नागरिक लगानी कोष परेका छन् ।

    आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तकाे शेयर १० प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार