Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

    पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 762
    SHARES

    काठमाडौं । पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । बुधबार मध्यान्हमा दाङस्थित राप्ति विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उनको निधन भएको हो।

    हर्नियाबाट पीडित चौधरी काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि प्रतिष्ठानमा भर्ना भएका थिए ।



    चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।



    नेकपा एमालेका पूर्व सल्लाहकारसमेत बनेका चौधरी पछिल्लो समय भने राजनीतिबाट निष्कृय थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार