Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • तस्करीको मल नियन्त्रणमा लिन खोज्दा गाउँले र प्रहरीबीच भिड्न्त, ३ सेल अश्रुग्यास प्रहार

    तस्करीको मल नियन्त्रणमा लिन खोज्दा गाउँले र प्रहरीबीच भिड्न्त, ३ सेल अश्रुग्यास प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीमा मल नियन्त्रणमा लिन खोज्दा गाउँले र प्रहरीबीच झडप भएको छ । बिहीबार धनकौल गाउँपालिका ७ बैरिया टोलस्थित राजु सहनीको घरमा भारतबाट तस्करी गरी लुकाएर राखिएको मल नियन्त्रणमा लिन खोज्दा गाउँले र प्रहरीबीच झडप भएको हो ।

    मल नियन्त्रणमा लिन खोज्दा गाउँलेबाट अवरोध भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ सेल अश्रुग्याससमेत प्रहार गरेको छ । घरमा लुकाएको युरिया मल नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि गाउँलेले ढुंगामुढा गर्न थालेपछि प्रहरीले आश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।



    प्रहरीले सहनीको घरमा लुकाएर राखेको ७२ बोरा मल नियन्त्रणमा लिएको छ भने थप केही बोरा मल गाउँलेले समेत खोसेर लगेको बताइएको छ । अवैध मल भण्डारण गरेर राख्ने घरधनी सहनी भने फरार छन् ।



    उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गाउँलेको ढुंगा प्रहारबाट प्रहरी निरीक्षक सुमित कुशवाहासहित एक वरिष्ठ हवल्दार समान्य घाइते भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार