Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेसपाको केन्द्रीय समिति बैठक आगामी योजना तथा कार्यक्रम तय गर्दै आज सकिने

    नेसपाको केन्द्रीय समिति बैठक आगामी योजना तथा कार्यक्रम तय गर्दै आज सकिने

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 489
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज सकिँदै छ ।

    भक्तपुरमा जारी बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्न लागेको हो । बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।



    ‘अबको राष्ट्रको सङ्कल्प नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिइरहेका छन् ।



    यसका साथै साङ्गठनिक प्रस्ताव पनि बैठकमा पेस भएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार