Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेसपाको महिन्द्र पक्षले भट्टराई पक्षको निर्णय नमान्ने, तोक्यो प्रदेश इन्चार्ज र अध्यक्ष !

    नेसपाको महिन्द्र पक्षले भट्टराई पक्षको निर्णय नमान्ने, तोक्यो प्रदेश इन्चार्ज र अध्यक्ष !

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 501
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को महिन्द्र राय यादव पक्षले अर्का अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको संस्थापन पक्षले गरेको निर्णय नमान्ने भएको छ ।

    सोमवार भएको भट्टराई पक्षीय केन्द्रीय समितिको बैठकले यादवसहित उनको पक्षका नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।



    तर मंगलवार बसेको यादव पक्षको बैठकले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै भट्टराई पक्षको निर्णय मान्य रहेको घोषणा गरेको हो ।



    साथै यादव पक्षले यसैको प्रतिक्रियास्वरुप मंगलवार सातै प्रदेशमा नयाँ इन्चार्ज र अध्यक्षसमेत मनोनीत गरेको छ ।

    बैठकले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको विषयमा भएको तीन बुँदे निर्णयसमेत अनुमोदन गरेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार