Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यादव पक्षले माओवादीसँग गरेको एकता खारेज गर्ने नेसपाको निर्णय

    यादव पक्षले माओवादीसँग गरेको एकता खारेज गर्ने नेसपाको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 552
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिले माओवादी केन्द्रसँगको पार्टी एकता खारेज गरेको छ ।

    अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महिन्द्रराययादव पक्षले माओवादी केन्द्रसँग गरेको एकता खारेज गर्ने निर्णय गरेको हो ।



    पार्टीलाई संगठनात्मकरूपमा देखिएका समस्या समाधान गर्दै पुनर्जिवित गर्ने विषयमा पार्टी गम्भीर रहेको समाजवादी पार्टीले जनाएको छ ।



    नेसपाको विधानमा केन्द्रीय कार्यकारिणीमा ३५ जनाको व्यवस्था भए पनि हाल २९ जना रहेका छन् ।  त्यसमध्ये आइतबारको बैठकमा २० जना सहभागी थिए ।

    नेसपाका अर्का अध्यक्ष यादव पक्षले शनिबार माओवादी केन्द्रसँग पार्टी एकता गर्नेसहितका चार बुँदे सहमति गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार