Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेसपाको केन्द्रीय समिति आयोजक समितिमा रूपान्तरण, संयोजकमा बाबुराम !

    नेसपाको केन्द्रीय समिति आयोजक समितिमा रूपान्तरण, संयोजकमा बाबुराम !

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 420
    SHARES

    काठमाडौँ । नेपाल समाजवादी पार्टीले वर्तमान केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ ।

    शनिबार महिन्द्र राय यादव समूहले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि सोमबार काठमाडौँको जुडिबुटीमा बसेको बैठकले केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरेको हो ।



    आयोजक समितिको संयोजक डा. बाबुराम भट्टराई रहेका छन् । सो बैठकमा महाधिवेशनको तयारी सम्बन्धमा छलफल भइरहेको बताइएको छ ।



    नेसपाको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अर्का अध्यक्ष यादव समूहको जिम्मेवारी खोस्ने निर्णय गरेको थियो । सो बैठकले माओवादीसँगको एकता खारेज गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार