Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सांसद वाग्लेले भने – बजेटमा राजश्‍व संकलनको अनुमान अविश्‍वसनीय भयो

    सांसद वाग्लेले भने – बजेटमा राजश्‍व संकलनको अनुमान अविश्‍वसनीय भयो

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 705
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले बजेटमा राजश्‍व संकलनको अनुमान अविश्‍वसनीय रहेको बताएका छन् ।

    बजेटमाथि संसदमा भएको छलफलमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् । सांसद वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा आयको अनुमान अविश्वनीय र व्यय इच्छाप्रेरित रहेको बताए ।



    सांसद वाग्लेले सरकारले ल्याउने बजेट र राष्ट्र बैंकको मौद्रिक नीतिमा विशेष महत्व हुने भन्दै दुबैको तादम्यता र समन्वयले अर्थतन्त्रलाई लयमा हिँडाउन मद्दत गर्ने बताए ।



    सांसद वाग्लेले भने,’विगत २ वर्षमा वित्त र मौद्रिक नीतिबीच समान्जस्यता टुट्नाले पनि अर्थतन्त्रमा आवश्यकताभन्दा बढी असहजता देखिएको सर्वविदितै छ । गत वर्ष कुल गाह्रस्थ उत्पादनको ३४ प्रतिशतको बजेट आएको थियो । मध्यावधि समीक्षामा त्यसलाई स्वाट्टै घटाइयो । अहिले त्यो सुकेर २७ प्रतिशतमा झरेको छ ।’

    सांसद वाग्लेले एक वर्षबाट अर्को वर्षको बजेटको आकारमा ६ प्रतिशत अंक कम आउनुले बजेटको अंकलाई विश्वासनीय नबनाउने टिप्पणी गरे। अहिलेको सरकारलाई बजेटमार्फत विश्वानीयता आर्जन गर्नुपर्ने आवश्यकता रहेको पनि सांसद वाग्लेले औल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार