Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विचार र एजेण्डा मिल्ने पार्टीसँग एकताका लागि पहल नेपाल समाजवादी पार्टीको निर्णय

    विचार र एजेण्डा मिल्ने पार्टीसँग एकताका लागि पहल नेपाल समाजवादी पार्टीको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 603
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीले माओवादी लगायतका विचार र राजनीतिक एजेण्डा मिल्ने पार्टीहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

    पार्टीको बिहीबार र शुक्रबार २ दिन चलेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा माओवादी केन्द्र लगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने बैठकको निर्णयमा भनिएको छ ।



    समाजवादी केन्द्र/ध्रुव निर्माणका लागि समाजवाद केन्द्रित कार्यक्रमसहित माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको औपचारिक जवाफ आएपछि पार्टीले निर्णय गर्ने पनि भएको छ।



    त्यस्तै, केन्द्रीय समिति बैठकले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार