Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विमान दुर्घटनाको ४० दिनपछि ४ बालबालिकाको जीवितै उद्दार

    विमान दुर्घटनाको ४० दिनपछि ४ बालबालिकाको जीवितै उद्दार

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 690
    SHARES

    एजेन्सी । विमान दुर्घटनामा परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जंगलमा ४० दिनपछि जीवितै फेला परेका छन् । उक्त विमान दुर्घटनामा दुई पाइलट र ती बालबालिकाका आमाको भने मृत्यु भएको छ ।

    कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार जीवितै उद्दार हुनेमा १३, नौ, चार र एक वर्षका बालबालिकाहरु रहेका छन् ।



    ती चार बालबालिकालाई कोलम्बियाको जंगलबाट उद्धार गरी शनिबार राजधानी बोगोटा पुर्याइएको छ ।



    बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार