Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कोलम्बियामा पहिरोमा बस पुरिँदा ३३ को मृत्यु, ९ घाइते

    कोलम्बियामा पहिरोमा बस पुरिँदा ३३ को मृत्यु, ९ घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 516
    SHARES

    एजेन्सी । कोलम्बियामा पहिरोले बस पुरिँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने ९ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

    मृत्यु हुनेमा ३ शिशु सहित ३३ जना रहेका छन् ।



    कोलोम्बियाको राजधानी बोगाटाबाट २ सय ३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको एक गाउँमा यात्रुबहाक बस पुरिएको हो ।



    कोलोम्बियामा भारी वर्षासँगै ठाउँ ठाउँमा पहिरो जाँदा जनजीवन अस्तब्यस्त बनेको छ । पहिरोका कारण कयौं कच्ची घरहरु भत्किएका छन् ।

    यसैबिच कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले घटनाप्रति दुःख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । कोलम्बिया अस्वाभाविक रूपमा भारी वर्षाले प्रभावित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार