Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पहिरोमा परी कोलम्बियामा १८ जनाको मृत्यु

    पहिरोमा परी कोलम्बियामा १८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 432
    SHARES

    एजेन्सी । उत्तरपश्चिमी कोलम्बियामा शुक्रबार गएको भीषण पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनाका साथै धेरैजना घाइते भएका छन् ।

    चोकोको राजधानी क्विब्डो र एन्टिओकियाको राजधानी मेडेलिन बीचको सडकमा पहिरो खस्दा थुप्रै मानिस र सवारीसाधन त्यस क्षेत्रमा फसेको कोलम्बियाका उपराष्ट्रपति फ्रान्सिया मार्क्वेजले ट्विटरमा उल्लेख गरेका छन् ।



    कम्तीमा ३५ जना घाइतेलाई विभिन्न अस्पतालमा लगिएको पनि राष्ट्रिय प्रकोप जोखिम व्यवस्थापन एकाइले विज्ञप्तिमा जनाएको छ ।



    कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले घटनालाई ‘भयानक त्रासदीको रूपमा वर्णन गर्दै प्रकोपबाट प्रभावितहरूलाई सहयोग गर्न अधिकारीहरूलाई सक्दो प्रयास गर्न आग्रह गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार