Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • जब ब्वाइफ्रेन्डको घर छेक्न साकिराले लगाइन् पर्खाल

    जब ब्वाइफ्रेन्डको घर छेक्न साकिराले लगाइन् पर्खाल

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 687
    SHARES

    एजेन्सी । पार्टनरसँग अलग्गिएपछि ऊसँगको सम्बन्ध सदाका लागि बिर्सन कतिसम्म काम गर्छन् भन्ने कुराको पछिल्लो उदाहरण बनेकी छिन्,कोलम्बियन गायिका साकिरा ।

    साकिराले पूर्व ब्वाइफ्रेन्ड जेरार्ड पिकेसँग अलग्गिएपछि अहिले जेरार्डकी आमा मोन्टसेराट बर्नाबेउसँग समेत दूरी बनाउन अनौठो उपाय अपनाएकी छन् । मोन्टसेराट बस्ने घर र साकिराको एकै ठाउँमा छ ।



    सोहीकारण दुवै परिवारबीचको बोलचाल र सम्बन्धलाई पूर्णविराम लगाउनका लागि साकिराले दुवै घरको बीच भागमा पर्खाल निर्माण गर्न थालेकी छन् ।



    ‘वाका वाका’ गायिकाको स्पेनमा रहेको घरको केही क्षेत्र उनको पूर्व परिवारको घरसँग जोडिएको छ । त्यसकारण साकिरा पिकेसँग अलग भएपछि पिकेसँग जोडिएका हरेक कुराबाट अलग हुन चाहेकी छन् ।

    ​हालैमात्र एक टेलिभिजनले बार्सिलोनामा रहेको साकिराको घर अगाडि सिमेन्टको मिश्रण गर्ने गाडीसहितको सामग्री फेला पारेको थियो ।​ पिकेलाई व्यंग्य गर्दै शाकिराले निकालेको एउटा गीतले कीर्तिमानी दर्शक पाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार