Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम बढेर साढे ३ अर्ब नजिक

    सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम बढेर साढे ३ अर्ब नजिक

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 615
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा पुगेको छ ।

    आइतबार सबै उपसूचकहरु हरियाली देखिए । आज कारोबार रकम पनि बढेर झन्डै साढे तीन अर्ब रुपैयाँ पुगेको छ ।



    आज दुई सय ७५ वटा कम्पनीका ९५ लाख २८ हजार कित्ता सेयर तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नागरिक लगानी कोषको ११ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।



    यस्तै, आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटल्स रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार