Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बजेट नसच्याए सरकार ढल्छ, प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यान जानुपर्छ : माधव नेपाल

    बजेट नसच्याए सरकार ढल्छ, प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यान जानुपर्छ : माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 660
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने बताएका छन् ।

    आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    उनले सत्ता गठबन्धन पाँच वर्ष नै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशय व्यक्त गरे ।



    उनले बजेटमा सबै जना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए । अध्यक्ष नेपालले बजेट गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रित भएको बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार