Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्दै वायुसेवा निगम

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्दै वायुसेवा निगम

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 615
    SHARES

    रुपन्देही । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया-भैरहवा-काठमाडौं व्यावसायिक उडान गर्ने निश्चित भएको छ ।

    सञ्चालनमा आएको १३ महिनापछि निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी मलेसियाको राजधानी क्वालाम्पुरबाट भैरहवा अवतरण भई काठमाडौं जाने भएको हो ।



    भैहरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान साढे ७ बजे निगमको न्यरोबडी अवतरण हुनेछ ।



    निगमले जेठ पहिलो साता मलेसिया–भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया–भैरहवाका लागि प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ घोषणा गरेको थियो ।

    जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार