Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • देशलाई द्वन्द्वतिर फर्काउन चलखेल भइरहेको छ : बाबुराम भट्टराई

    देशलाई द्वन्द्वतिर फर्काउन चलखेल भइरहेको छ : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 645
    SHARES

    गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशलाई फेरि द्वन्द्वतिर फर्काउन केही शक्तिले चलखेल गरिरहेको बताएका छन् ।

    जिल्लामा सञ्चालित रणनीति पूर्वाधार विकासको अवस्थाबारे जानकारी लिन गोरखा पुगेका अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।



    अध्यक्ष भट्टराईले भने, ‘प्रचण्ड र मलाई मुद्दा हालियो भनिएको छ, यो त एक प्रकारको पुरानो घाउलाई कोट्याइराखेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल छ, त्यसमा यस्ता केही पात्रलाई उभ्याइएको मात्र हो । यसलाई गम्भीरतापूर्वक लिन किन चाहन्न भने बृहत् शाक्ति सम्झौताले त्यसलाई सम्बोधन गरिसकेको छ । सत्य निरुपण, मेलमिलाप, वेपत्ता व्यक्ति छानबिन आयोगको काम छिटो सम्पन्न गरेर त्यसअन्तर्गत हल गर्ने कुरो हो ।’



    उनले द्वन्द्वकालीन मुद्दा बल्झाएर अदालतमा पुर्‍याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताए । अध्यक्ष भट्टराईले द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण, मेलमिलाप र बेपत्ता आयोगबाट टुंग्याउनुपर्ने बताए ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले विस्तृत शान्ति सम्झौताले यसलाई सम्बोधन गरिसकेको जनाउँदै बाँकी रहेको काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत छिटोभन्दा छिटो हल गर्ने विषय रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार