Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शेयर बजारमा झिनो अंकले वृद्धि, कारोबार रकम तीन अर्बमा सीमित

    शेयर बजारमा झिनो अंकले वृद्धि, कारोबार रकम तीन अर्बमा सीमित

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 507
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । आज नेप्से ५ अंकले बढेर२०४२.०७ विन्दुमा बन्द भएको छ ।

    बीमा, उत्पादन, होटल र अन्य समूहको शेयर बढेको छ भने अरू सबै समूहको शेयर ओरालो लागेको छ । बजार बढे पनि कारोबार रकममा भने निकै कमी आएको छ ।



    बुधबार पाँच अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज घटेर तीन अर्ब १६ करोडमा झरेको छ । एक दिनमै सेयर कारोबार रकम एक अर्ब ८५ करोड रुपैयाँले घटेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो ।



    आज कारोबार भएका ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटाको शेयरमूलय स्थिर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार