Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जंगलमा लुकाइ राखेका १४ थान अवैध भरुवा बन्दुक बरामद

    जंगलमा लुकाइ राखेका १४ थान अवैध भरुवा बन्दुक बरामद

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    रुकुम । प्रहरीले रुकुम पश्चिमबाट जंगलमा लुकाइ राखेको अवस्थामा १४ थान भरुवा बन्दुक बरामद गरेको छ ।

    रुकुम पश्चिमको मुसीकोट नगरपालिका-८ किटेनीखोलाबाट जंगलमा लुकाइ राखेको ४ थान, झिमखोलामा २ थान र ओखरधारा जंगल ओडारमा८ थान गरि कुल १४ थान वेवारिसे भरुवा बन्दुक बरामद गरेको हो ।



    चोरी शिकारी गर्नेहरुले ती बन्दुकहरु जंगलमै लुकाइ छिपाइ राखेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुकुमले अनुमान गरेको छ।



    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार