Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागूऔषध कारोबारमा संलग्न विदेशीसहित ११ जना पक्राउ

    लागूऔषध कारोबारमा संलग्न विदेशीसहित ११ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 789
    SHARES

    काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले अवैध लागूऔषध कारोबारमा संलग्न ११ जनालाई पक्राउ गरेको छ ।

    लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने सुचनाका आधारमा लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले ११ जनालाई विभिन्न मितिमा अवैध लागूऔषधसहित पक्राउ गरेको हो ।



    बिशेष सुचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौंको शम्भुमार्गमा रहेको मोरङ बेलबारी गेष्‍ट हाउसबाटभारतीय नागरिक बर्ष २६का हेमन्त कुमार भगतलाई खैरो हेरोईन १०० ग्रामसहित पक्राउ परेका थिए । भगतलाई पक्राउ गर्न खोज्दा प्रहरी टोलीमाथी आक्रमण गरी भाग्न खोजेपछि प्रहरीले बायां खुट्टाको घुंडामुनि एक राउण्ड गोली प्रहार गरी पक्राउ गरेको थियो ।



    त्यस्तै, ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ८६० ग्राम चरेससहित जर्मनी नागरिकलाई पक्राउ गरेको छ । टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेका ६३ वर्षीय पाउल वेर्स्रटलाई जेष्ठ २९ गते पक्राउ गरिएको हो । वेर्स्रटको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त लागूपदार्थसहित फेला परेको थियो ।

    जेष्ठ २६ गते ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं २६ नयाँबसपार्कबाट भारत झब्रितला ललालपुर माल्दा पश्चिम बंगालका भारतीय नागरिक बर्ष ३६ का मोहमद् सबिउल इसलामलाई पक्राउ गरेको थियो । इसलामको शरीर खानतलासी गर्दा निजको साथबाट नगद ६८ हजार र ५२ ग्राम खैरो हेरोईन बरामद गरेको प्रहरीले जनाएको छ ।

    ब्यूरोले इसलामसंगै कारोबारमा संलग्न सम्जु बिसुंके, आशिष अधिकारी र रबिन्द्र केसीलाई पक्राउ गरेको छ । त्यस्तै ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौंको गौरीघाटस्थित कोठाबाट ९ ३ ग्राम खैरो हेरोईनसहित रामचन्द्र कुँवरलाई पक्राउ गरेको छ ।

    कुँवरसंग कारोबारमा संलग्न भएको भन्दै ब्यूरोले खोम बहादुर धिताललाई पक्राउ गरेको छ । यस्तै, ब्यूरोलेकोटेश्वर स्थित एक रेस्टुरेन्टबाट सप्तरीको शम्भुनाथ नगरपालिका घर भएका श्री प्रसाद साह र प्रमिला देवी साहलाई पक्राउ गरेको छ ।

    उनीहरुको साथबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ४५५ एम्पुल, डाईजेपाम ४६५ एम्पुल र फेनारगन ४९८ एम्पुल गरी जम्मा १४१८ एम्पुल बरामद गरिएको ब्यूरोले जनाएको छ । थानकोटमा खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका २ नागढुंङ्गाबाट निराजन लामिछानेलाई पक्राउ गरेको छ । लामिछानेको साथबाट १६ ग्राम ५० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार