Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पर्यटनमन्त्री सुदन किरातीले भने – बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो !

    पर्यटनमन्त्री सुदन किरातीले भने – बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो !

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 630
    SHARES

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बारुदको पहाडमा उभिएर सलाइ नखेलाउन भन्दै सांसद प्रेम आलेलाई चेतावनी दिएका छन् ।

    नेकपा एकीकृत समाजवादीका सांसद आलेले अहिलेका पर्यटनमन्त्री किरातीलाई स्टन्ट मन्त्रीको संज्ञा दिएका थिए ।  सांसद आलेले भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएपछि पर्यटनमन्त्री किरातीले चेतावनीपूर्वक जवाफ फर्काएका हुन् ।



    पर्यटनमन्त्री किरातीले साममाजिक संञ्जालमा मा लेखेका छन्, ‘बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू ।’



    पर्यटनमन्त्री किरातीले आफू देश र जनताको लागि राम्रो काम गर्नमात्रै जानेको बताएका छन् । पूर्वपर्यटनमन्त्रीसमेत रहेका आलेले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै पर्यटनमन्त्री किराती भ्रष्टाचारी र चोरको संरक्षक बनेको समेत आरोप लगाएका थिए ।

    आलेले गोठाटारको ५३५ रोपनी जग्गामध्ये ३१ रोपनी जग्गा विचौलियासँगको मिलेमतोमा अपचलन गरी उनैलाई कोषको सदस्य बनाएको दाबी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार