Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कुशलको शतक र भीमको अर्धक शतकप्रेरित ओमानविरुद्ध नेपाल विजयी

    कुशलको शतक र भीमको अर्धक शतकप्रेरित ओमानविरुद्ध नेपाल विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 996
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअघिको अन्तिम वार्मअप खेलमा नेपालले ओमानविरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेको छ ।

    हरारे स्पोर्ट्स क्लबमा ओमानले प्रस्तुत गरेको २६८ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर भुर्तेलले ९४ बलमा १०१ रन रिटायर्ड आउट भए ।



    भुर्तेलले १३ चौका र दुई छक्का प्रहार गरे । भीम सार्की ५६ रनमा आउट भए । यी दुईले दोस्रो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । कप्तान रोहितकुमार पौडेल ३१, दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २३, र कुशल मल्ल १७ रनमा आउट भए ।



    त्यसअघि पहिले ब्याटिङमा आएको ओमानले ४९.२ ओभरमा सबै विकेट गुमाएर २६७ रनको योगफल खडा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार