Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विश्वकप छनोट : उरुग्वेसँग ब्राजिल पराजित, नेयमारको खुट्टामा लाग्यो चोट

    विश्वकप छनोट : उरुग्वेसँग ब्राजिल पराजित, नेयमारको खुट्टामा लाग्यो चोट

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । विश्वकप छनोट खेलमा उरुग्वेसँग ब्राजिल पराजित भएको छ । बुधबार भएको खेलमा उरुग्वेले ब्राजिललाई २–० गोलले पाजित गरेको हो ।

    खेलको ४२ औँ मिनेटमा डार्विन नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । ब्राजिलका लागि भने खेलमा थप समस्या थपिएको थियो । खुट्टामा चोट लागेपछि टोलीले स्टार खेलाडी नेयमारलाई गुमाउनु परेको थियो ।



    दोस्रो हाफमा ब्राजिलले उरुग्वेमाथि दबाब बढायो । रोड्रिगो प्रहार पोस्टमा लागेको थियो भने भिनिसियस जुनियरले गरेको दुईवटा पेनाल्टीको माग विवादास्पदरुपमा अस्वीकार गरिएको थियो । यसैबिच निकोलास डेला क्रुजले अर्को गोल गर्दै उरुग्वेको जीत सुनिश्चित गरे ।



    ४ खेलपछि समान ७ अङ्क भए पनि उरुग्वे तालिकाको दोस्रो स्थानमा रहेका छ भने ब्राजिल तेस्रो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार