Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकाविरुद्ध नेपालको शानदार सुरुवात, करण केसीले लिए तेस्रो विकेट

    अमेरिकाविरुद्ध नेपालको शानदार सुरुवात, करण केसीले लिए तेस्रो विकेट

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 921
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी  खेलमा अमेरिकाले तेस्रो विकेट गुमाएको छ ।

    नेपालका लागि तीव्र गतिका बलर करण केसी एक्लैले तीन विकेट लिएका हुन् ।  जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले सुरुवाती तीन विकेट गुमाएको छ।



    अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य र कप्तान आरोन जोन्स २ रनमा आउट भएका छन्। तीनै जनालाई नेपालका करण केसीले आउट गरे।



    करणले १.५ ‌ओभरमा टेलरलाई एलबिडब्लूको धरापमा पार्दा १.६ ओभरमा मुकामालाई आरिफ शेखबाट क्याच गराए। यस्तै ७.५ ओभरमा जोन्सलाई करणले कुशल भुर्तेलबाट क्याच गराए। त्यतिबेला अमेरिकाले ३ विकेटको क्षतिमा १४ रन बनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार