Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • असार ६ पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै

    असार ६ पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 1.1K
    SHARES

    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) मा ६ असारमा पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

    विमानस्थल स्रोतका अनुसार चीनबाट दुईवटा चार्टर विमान पोखरामा अवतरण गर्ने तय भइसकेको छ । विमानस्थल सञ्चालनमा आएको १७१औँ दिनमा अन्तर्राष्ट्रिय चार्टर उडान हुन लागेको हो ।



    उक्त दिन उत्तरी छिमेकी मुलुक चीनको छेन्दुबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको हो ।



    नागरिक उड्डयन प्राधिकरणले सिचुवान एयरलाइन्सलाई ६ असारमा चार्टर्ड अवतरणका लागि अनुममति दिएको छ । १७ माघ ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थल उद्घाटन गरेका थिए ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल भईरहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार