Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन सरकारले सहयोग गर्ने

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन सरकारले सहयोग गर्ने

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 759
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

    आइतबार विमानस्थलको उद्घाटन समारोहमा पौडेलले अबको चुनौती विमानस्थलको सञ्चालन रहेको भन्दै अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।



    उनले भने, ‘विमानस्थलको सही र भरपुर सदुपयोग अब नयाँ एजेन्डा बनेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनसँग पनि आवश्यक समन्वयन सरकारले गर्नेछ । यो विमानस्थलको सहयोगका लागि आवश्यक सबै काम गर्ने विश्वास दिलाउन चाहन्छु ।’



    पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार